अवैध लागूऔषधसहित दुई जना पक्राउ
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ चोरखोलाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध खैरो हेराइन करिब १० ग्राम १ सय ५ मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा गाउँपालिका–३ बस्ने ३६ वर्षीय लाल बाबु यादव र ४२ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सिराहाबाट खोटाङ हलेसीतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ९९३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लगाूऔषधसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
