समाचार

फोनिज बागमती प्रदेश समितिको २५ औँ स्थापना दिवस सिन्धुलीमा

सिन्धुली । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ नेपाल बागमती प्रदेश समिति को २५ औँ स्थापना दिवस तथा रजत वर्ष समारोह सिन्धुलीमाढीमा भव्यताका साथ मनाइएको छ । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले पानसमा बत्ति बालेर फोनिज बागमती प्रदेश समितिको २५ औँ स्थापना दिवस तथा रजत...

मुटु, कलेजोलगायत भित्री अंगले काम नगरेपछि गायक प्रकाश तिमल्सिनाको निधन

काठमाडौँ । गायक प्रकाश तिमल्सिना मृत अवस्थामा भेटिएका छन् । ललितपुरमा शनिबार आफैं बस्दै आएको ठाउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । उनको शवको पोस्टमार्टम् भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम् गरिएको हो । चिकित्सकले मुटु, कलेजो लगायत भित्री अंगले काम नगरेपछि तिमल्सिनाको मृत्यु भएको बताएका छन् । ३५...

पूर्वमन्त्री र कलाकारसहित ११ जना जुवाडे पक्राउ

काठमाडौं । एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडेलाई प्रहरीले गौरीघाटबाट पक्राउ गरेको छ । प्रहरीले कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राज भण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वध्यक्ष बिर...

सरकारले भलिबल खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने

काठमाडौं । सरकारले भलिबल खेलाडीहरुलाई जनही २ लाख रुपैयाँ बराबरको पुरस्कार दिने भएको छ । काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीलाई सरकारले जनही २ लाख रुपैयाँ पुरस्कार दिन लागेको हो । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा द्वितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि सफारिस गरेको छ । समितिको...

पौने ३ लाख १८ वर्ष मुनिका बालबालिका विदेशमा

काठमाडौँ । नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेको २०७८ सालको जनगणनाले देखाएको छ । तीमध्ये पौने ३ लाख बालबालिका रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांक अनुसार अक्सर विदेश बसोबास गर्ने जनसंख्याको १२.६ प्रतिशत बालबालिका...

आइतबार नेप्से ९४ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि आएको छ । यस दिन नेप्से परिसूचक ९४ दशमलव ५३ अंकले बढेर दुई हजार ८ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको जनाइएको छ । यो गत साताको बिहीबारको तुलनामा ३ दशमलव ४१ प्रतिशतको वृद्धि...

मकवानपुरमा सवारी दुर्घटनाबाट ५८ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा पछिल्लो एक वर्षको अवधिमा विभिन्न सवारी दुर्घटनामा परेर ५८ जनाको मृत्यु भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०–०८१ को साउन महिनादेखि असारसम्ममा मोटरसाइकल, सुमो, ट्रक र बस लगायतको सवारीसाधन दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको हो । उक्त तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दिएको हो...

माओवादी स्थायी कमिटी बैठक ११ बजे बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेबाट बस्ने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । सो बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवम् सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका...

कांग्रेस केन्द्रीय कार्यसमतिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा प्रस्तावित ११ वटा एजेण्डाहरूमा छलफल जारी रहने जनाइएको छ । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको सितामडी वडा नं.९ बराह बस्ने वर्ष ४५ को सुदिर सिंह र सोही वडा नम्वर ८, बराही चिन्तामन बस्ने वर्ष ६८ की रेनु देबि चौधरी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पालुङ...