कांग्रेस केन्द्रीय कार्यसमतिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा प्रस्तावित ११ वटा एजेण्डाहरूमा छलफल जारी रहने जनाइएको छ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
