पूर्वमन्त्री र कलाकारसहित ११ जना जुवाडे पक्राउ
काठमाडौं । एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडेलाई प्रहरीले गौरीघाटबाट पक्राउ गरेको छ ।
प्रहरीले कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राज भण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मा रहेका छन् ।
यसैगरी, उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको उनीहरुको साथबाट नगद १ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
