पौने ३ लाख १८ वर्ष मुनिका बालबालिका विदेशमा

तु खबर संवाददाता
२०८१ श्रावण २७, आईतवार १५:५८

काठमाडौँ । नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेको २०७८ सालको जनगणनाले देखाएको छ । तीमध्ये पौने ३ लाख बालबालिका रहेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांक अनुसार अक्सर विदेश बसोबास गर्ने जनसंख्याको १२.६ प्रतिशत बालबालिका छन् ।

विदेशमा बसोबास गर्ने कुल पुरुषमध्ये ११.१ प्रतिशत बालक र कुल महिलामध्ये १९.१ प्रतिशत बालिका छन् ।

यसरी बालबालिका विदेशिनुमा अभिभावकसँग विदेश गएको वा अध्ययन तथा कामको सिलसिलामा गएको पाइएको छ । विदेशमा गएकामध्ये कति जना भारत र अन्य मुलुकमा गएका हुन भन्ने चाहिँ खुलेको छैन ।

धर्मपुत्रपुत्रीका रूपमा गएकाको समेत तथ्यांक समावेश गरिएको छैन । अनुपस्थित बालबालिका कति वर्षदेखि विदेशमा छन् भन्नेबारे समेत खुलेको छैन ।