समाचार
पहिरोमा परेर बाजुराका चार जना घाइते
बाजुरा । अविरल वर्षाका कारण पहिरो जाँदा बाजुराका चार जना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार बिहान पहिरो जाँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा स्थानीय प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेका छन्...
बुटवलमा साँढेको आक्रमणबाट महिलाको मृत्यु
बुटवल । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकी ४५ वर्षीया सीता पाण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा साँढेले हान्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनको लुम्बिनी...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हाल जारी छ । सो बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा आ–आफ्नो धारणा राख्ने जनाइएको छ । यसअघि शुक्रबार बसेको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
गैरसरकारी संस्थाहरुले गरे वडाध्यक्ष खनाललाई सम्मान
मकवानपुर । मनहरी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सामाजिक क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरुले मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनाललाई सम्मान गरेका छन् । ५२ वर्षको उमेरमा कक्षा १२ उत्तीर्ण भएका वडाध्यक्ष खनाललाई संयुक्त रुपमा सम्मान गरिएको हो । खनाल हालै प्रकाशित कक्षा १२ को नतिजामा २.४१ जिपिएसहित उतीर्ण भएका हुन् ।...
आज नागपञ्चमी पर्व, नागको पूजा गरी मनाइँँदै
मकवानपुर । परम्पराअनुसार नागको पूजा गरी आज नागपञ्चमी पर्व मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट...
मन्त्री महर्जनद्वारा ट्रायल सेन्टर भतरपुरको निरीक्षण
मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टर भरतपुरको निरीक्षण गरेका छन् । बिहीवार मन्त्री महर्जनले यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टर भरतपुरको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले यातायात कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि...
शिक्षामन्त्री भट्टराई र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबिच भेटघाट भएको छ । नेपाल र अमेरिकाबिच शिक्षा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका बारेमा भेटमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भट्टराइले नेपालको शिक्षासहित विभिन्न क्षेत्रमा अमेरिकाले पुर्याएको योगदानका लागि धन्यवाद दिइन् । मन्त्री...
स्वास्थ्य सामग्री भन्डारण भवन हस्तान्तरण
मकवानपुर । अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनले ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्मित स्वास्थ्य सामग्री भन्डारण भवन वाग्मती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । हेटौंडामा बिहीबार आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् । सेभ द चिल्ड्रेनले...
बागमतीमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान भोलिबाट सुरु हुने
मकवानपुर । बागमती प्रदेश सरकारले भोलिबाट प्रदेशभर लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गर्ने भएको छ । लम्पी स्किन रोग न्यूनिकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भोलिदेखि श्रावण ३० गतेसम्म प्रदेशका १३ वटै जिल्लाहरुमा यो अभियान सञ्चालन गर्न लागेको हो । यस वर्ष ७६ हजार २...
कक्षा १२ उत्तीर्ण वडाध्यक्षलाई गाउँपालिकाको सम्मान
मकवानपुर । मनहरी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण भएका वडा अध्यक्षलाई सम्मान गरेको छ । ५२ वर्षीय वडाध्यक्ष शिवप्रसाद खनाललाई बिहिबार एक कार्यक्रमकाबीच गाउँपालिकाले सम्मान गरेको हो । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका वडाअध्यक्ष खनालले केहिसमय अघि सार्वजनिक कक्षा १२ को परीक्षाफलमा २.४१ जिपिए प्राप्त गरी उत्तीर्ण भएका थिए...










