बुटवलमा साँढेको आक्रमणबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण २६, शनिबार १४:१२
सांकेतिक तस्वीर

बुटवल । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकी ४५ वर्षीया सीता पाण्डे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गत साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा साँढेले हान्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गुल्मीको रेसुंगा नगरपालिका ४ निवासी उनी बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल संचालन गर्दै आएको प्रहरीले जनाएको छ ।