माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हाल जारी छ ।
सो बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा आ–आफ्नो धारणा राख्ने जनाइएको छ ।
यसअघि शुक्रबार बसेको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
