कक्षा १२ उत्तीर्ण वडाध्यक्षलाई गाउँपालिकाको सम्मान
मकवानपुर । मनहरी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण भएका वडा अध्यक्षलाई सम्मान गरेको छ ।
५२ वर्षीय वडाध्यक्ष शिवप्रसाद खनाललाई बिहिबार एक कार्यक्रमकाबीच गाउँपालिकाले सम्मान गरेको हो । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका वडाअध्यक्ष खनालले केहिसमय अघि सार्वजनिक कक्षा १२ को परीक्षाफलमा २.४१ जिपिए प्राप्त गरी उत्तीर्ण भएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले वडाअध्यक्ष खनाल सबैका लागि प्रेरणाका पात्र रहेको जिकिर गरे । उनको मिहिनेतले गाउँपालिकालाई राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै अध्यक्ष कालाखेतीले धन्यवाद दिए ।
कार्यक्रममा सम्पूर्ण कार्यपालिका परिवार र कर्मचारीहरुले वडाअध्यक्ष खनाललाई खादा र अबिरले सम्मान गरेका थिए ।
