मकवानपुरमा सवारी दुर्घटनाबाट ५८ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा पछिल्लो एक वर्षको अवधिमा विभिन्न सवारी दुर्घटनामा परेर ५८ जनाको मृत्यु भएको छ ।
जिल्लामा आर्थिक वर्ष २०८०–०८१ को साउन महिनादेखि असारसम्ममा मोटरसाइकल, सुमो, ट्रक र बस लगायतको सवारीसाधन दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको हो ।
उक्त तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दिएको हो । प्रहरीका अनुसार, सो अवधिमा २४५ वटा सवारी दुर्घटना भयो । ती दुर्घटनामा परेर ५८ जनाको मृत्यु र १ सय ४६ जना गम्भीर घाइते भए ।
सो अवधिमा पूर्व–पश्चिम राजमार्गमा सबैभन्दा बढी सवारी घटनाहरू भएको पाइएको छ । उक्त सडकखण्डमा ९१ वटा दुर्घटना भएको थियो । जसमा २१ जनाको मृत्यु भयो ।
यस्तै, धरान–चतरा सडकखण्डमा ६८ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने भैंसे–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा ७ दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
यसैगरी, त्रिभुवन राजपथमा २२ वटा दुर्घटना हुँदाम ३ जनाको मृत्यु, भैसे–भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा २ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु, हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा भएको २३ वटा दुर्घटनामा परेर २ जनाको र अन्य क्षेत्रमा २ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
