समाचार
हैजा सङ्क्रमितको संख्या ५० पुग्यो, कुन जिल्लामा कति ?
काठमाडौं । देशभर हैजा संक्रमितको संख्या ५० जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । ईडीसीडीका अनुसार, देशको ७७ जिल्लामध्ये चार जिल्लाका ५० जनामा हैजा संक्रमण पुष्टि भएको हो । हैजा संक्रमित भेटिएका जिल्लाहरुमा ललितपुर, काठमाडौं, कैलालीमा र प्युठानका रहेका छन् । तीमध्ये सबैभन्दा धेरै ललितपुरमा...
रास्वपा संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बस्ने भएको हो । बैठक बिहान १०ः३० बजे बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले बताए । यस्तै,...
जोन रोज ग्लोबल वाटर अवार्डको विजेता घोषित
क्यानाडा । प्रोफेसर जोन रोजलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पानी संघको ग्लोबल वाटर वाटर अवार्डको विजेता घोषित गरिएको छ । क्यानाडाको टोरोन्टोमा आयोजना भइरहेको विश्व पानी सम्मेलन र प्रर्दशनीमा उनलाई अवार्ड विजेता घोषणा गरिएको हो । उनलाई सो अवार्डबाट विश्व पानी सम्मेलन र प्रर्दशनीका क्रममा टोरोन्टोमा प्रदान गरिएको छ । विश्व...
विपद्को विभिन्न घटनामा परेर १७३ जनाको मृत्यु
काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को विभिन्न घटनामा परेर सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी...
बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
मकवानपुर । बागमती र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता भएको छ । बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँबीच सोमबार भेटवार्ता भएको हो । उनीहरुबीच सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीमा भेटवार्ता भएको हो । देवकोटा सुदूरपश्चिमका बासिन्दा हुन् । सो भेटमा बागमतीका प्रदेश प्रमुख देवकोटालाई...
खानेपानी तथा सिँचाईको अवस्था बुझ्न बागमती गाउँपालिका पुगे मन्त्री खड्का
मकवानपुर । बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले मकवानपुरको बागमती गाउँपालिकाको खानेपानी तथा सिँचाईको अवस्थाको बारेका अनुगमन गरेका छन् । वर्षौदेखि चौराह खोला र बागमती नदीका कारण समस्यामा परेका स्थानीयहरुको आग्रह अनुसार मन्त्री खड्काले सो क्षेत्रको निरीक्षण गरेका हुन् । चौराह खोला र बागमती नदीले...
बागमती विश्वविद्यालयको उपाध्यक्ष पदका लागि आवेदन माग
मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष पदका लागि आवेदन माग गरेको छ । सोमबार विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयले एक सूचना जारी गर्दै उपाध्यक्ष पदका लागि आवेदन माग गरेको हो । संरक्षक समितिले जारी गरेको सूचनामा विश्वविद्यालय हेटौंडाको उपाध्यक्ष नियुक्तीका लागि १५ दिनभित्र अर्थात आगामी भदौं...
हेटौंडामा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । हरेक वर्ष अगष्ट १२ मा मनाउने उक्त दिवस आज हेटौंडामा पनि मनाइएको हो । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथ हेटौंडामा पनि युवा दिवस मनाइएको हो ।...
प्रहरीले बरामद गर्यो करिब ७२ लाख रुपैयाँको अवैध सामान
बारा । जिल्ला प्रहरी कार्यालय बाराले सोमबार बिहान करिब ७२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले बिहान १ बजेर १० मिनेटको समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरीका अनुसार, वीरगंजबाट चितवन जाँदै गरेको ना ३ ख ३९५० नम्बरको...
करको दायरा बढाएको विरोधमा मउवा संघद्वारा आन्दोलनको घोषणा
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले करको दायरा बढाएको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । हेटौंडा उपमहानगरपालिकाले करको दायर बढाएको विरुद्धमा मउवा संघले आन्दोलन गर्ने घोषणा गरेको हो । संघको कार्यसमिति बैठकले पहिलो चरणमा पाँच दिने आन्दोलन गर्ने घोषणा गरेको संघका अध्यक्ष कृष्ण गुप्ताले जानकारी दिए । उनका...








