रास्वपा संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बस्ने भएको हो । बैठक बिहान १०ः३० बजे बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले बताए ।
यस्तै, बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले बताए ।
