हैजा सङ्क्रमितको संख्या ५० पुग्यो, कुन जिल्लामा कति ?

तु खबर संवाददाता
२०८१ श्रावण २९, मंगलवार ०९:१२

काठमाडौं । देशभर हैजा संक्रमितको संख्या ५० जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

ईडीसीडीका अनुसार, देशको ७७ जिल्लामध्ये चार जिल्लाका ५० जनामा हैजा संक्रमण पुष्टि भएको हो ।

हैजा संक्रमित भेटिएका जिल्लाहरुमा ललितपुर, काठमाडौं, कैलालीमा र प्युठानका रहेका छन् ।

तीमध्ये सबैभन्दा धेरै ललितपुरमा हैजा संक्रमित भेटिएका छन् । त्यहाँ ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, कैलालीमा ८ जना, काठमाडौंमा २ जना र प्युठानका २ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।