प्रहरीले बरामद गर्यो करिब ७२ लाख रुपैयाँको अवैध सामान

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १७:३७

बारा । जिल्ला प्रहरी कार्यालय बाराले सोमबार बिहान करिब ७२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रहरीले बिहान १ बजेर १० मिनेटको समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार, वीरगंजबाट चितवन जाँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बिल नभएको ७१ लाख ६७ हजार ५ सय ३४ रूपैया बराबरका कस्मेटिक, तयारी कपडा, मिल पार्टस लगायतका अन्य खुद्रा सामानहरू बरामद गरेको हो ।

उक्त सामान ईलाका प्रहरी कार्यालय बाराबाट प्रहरी बल नायव निरीक्षक त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद उक्त सामानसहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय, बारा पठाएको जनाइएको छ ।