समाचार

मिस्टर नेपाल २०२४ मा हेटौंडाका बोम्जनलाई जिताउन अभियान संचालन

मकवानपुर । मिस्टर नेपाल २०२४ मा हेटौंडाका आयूष बोम्जनलाई जिताउन अभियान संचालन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ निवासी बोम्जनलाई ‘मिस्टर नेपाल २०२४’ प्रतियोगितामा विजयी गराउने उद्देश्यले उक्त अभियान संचालन गरिएको हो । टोल विकास संस्था समन्वय समिति हेटौंडा–१५ ले आज एक कार्यक्रमको आयोजना गरी सो अभियानको...

उद्योग व्यवसायीको हकहितका लागि पूर्ण सहमती छु: मन्त्री तामाङ

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग व्यवसायीको हकहितका लागि आफ्नो पूर्ण सहमति रहेको बताएकी छन् । मंगलबार उद्योग वाणिज्य संघ मकवानपुरले बुझाएको ज्ञापन–पत्र बुझ्दै मन्त्री तामाङले आफु सँधै व्यवसायीहरुको पक्षमा रहेको बताएकी हुन् । मन्त्री तामाङले व्यवसायीलाई मर्कामा पर्ने खालका कुनै पनि...

मकवानपुरमा बन्चरोले हानेर युवतीको हत्या

मकवानपुर । मकवानपुरमा बन्चरोले हानेर एक युवतीको हत्या भएको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ५, काफलडाँडामा स्थानीय १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो हानेर हत्या भएको हो । लक्ष्मीको उनकै श्रीमान् २८ वर्षीय मंगलबहादुर पाख्रिनले बन्चरो प्रहार गरी हत्या गरेको जनाइएको छ । घटना थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले...

आज चार संसदीय समितिको बैठक आह्वान

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक आह्वान गरेको छ । आज विकास आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ...

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २९ गते मंगलबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४६.४१ रुपैयाँ...

मन्त्रिपरिषद्को निर्णय लिक नगर्न प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै मनत्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएको एक मन्त्रीले बताए...

माछा खाएर बिरामी भएका तीन बालबालिकाको मृत्यु

बारा । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका– ७ झवानीटोलका नरेश रामका तीन जना छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्यु हुनेमा नरेशका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया छोरी पुष्पा र ५ वर्षीय...

प्रतिनिधि सभा बैठक १ बजे बस्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै, सभामुख घिमिरेले प्रधानमन्त्री...

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जनावरी यता ३ हजार ३ सय ३९ जना संक्रमण पुष्टि र २ जनाको संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु भएका डेंगु सङ्क्रमितलाई...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । त्यसको प्रभावले हाल देशभर साधरणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार, आज कोशी,...