आज चार संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक आह्वान गरेको छ ।
आज विकास आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरिएको हो ।
जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ ।
यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आह्वान गरिएको छ ।
यसैगरी, मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्ने गरी बोलाइएको छ ।
