डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाडौं । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
महाशाखाले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जनावरी यता ३ हजार ३ सय ३९ जना संक्रमण पुष्टि र २ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले जनाएको छ ।
देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु संक्रमितको बिरामी भेटिएका छन् । साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियो ।
ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा २५५ जना थप संक्रमित थपिएका हुन् ।
