समाचार

गति लिँदै गौरीटार, पूर्वाधार निर्माणलाई तीब्रता दिन मन्त्री महर्जनको निर्देशन

मकवानपुर । हेटौंडा–६ स्थित निर्माणाधीन गौरीटार रंगशाला दीर्घकालिन योजनासहित अघि बढिरहेको छ । बागमती प्रदेश सरकार र खेलकुद परिषदले त्यसका लागि दीर्घकालिन योजना बनाएको छ । बागमतीका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले स्थलगत निरीक्षण गरी निर्माणाधीन रंगशालाको पूर्वाधार विकासमा चासो व्यक्त गरेका छन् । मन्त्री महर्जनले स्थलगत अवलोकनपछि कामको...

चोरीको आरोपमा एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–९ स्थित स्युचाटारमा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका वडा नम्बर–३ घर भएर ढल्कु बस्ने २७ वर्षीय मान बहादुर परियार रहेका छन् । गत असार २६ मा स्युचाटारस्थित सम्झना मगरको डेरामा चोरी गरेको आरोपमा उनलाई पक्राउ गरेको...

अनेमसंघ थाहा नगर कमिटीको अधिवेशन भदौ २९ मा हुने

मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीको अधिवेशन आगामी भदौ २९ गते हुने भएको छ । साउन २९ गते मंगलबार बसेको नगर अधिवेशन आयोजक कमिटीको बैठकले अधिवेशनको मिति घोषणा गरेको हो । बैठक नगर संयोजक यसोदा अधिकारीको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश...

अरुण नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सङ्खुवासभा । अरुण नदीमा जलसतह बढेको छ । रातभरिको वर्षाले अरुण नदीको जलसतह बढेको हो । अरुण नदीको जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न भनिएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आह्वान

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान सवा ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ । सो बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । त्यसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । नेकपा एमाले, नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिटको आवश्यकता...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्ने गरी आह्वान गरेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण...

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा उक्त राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध...

टोरन्टोमा विश्व पानी संघको प्रोजेक्स एनोभेसन अवार्ड सम्पन्न

गिरिजा अधिकारी, क्यानडा क्यानडा (टोरन्टो) । विश्व पानी सम्मेलन र प्रदर्शनीका क्रममा आज क्यानाडाको टोरन्टोमा विश्व पानी संघको प्रोजेक्स एनोभेसन अवार्ड गाला सम्पन्न भएको छ । समग्र ग्लोबल इनोभेसन अवार्ड ६ विधाका विजेताहरुलाई प्रदान गरिएको छ । समग्र ग्लोबल ग्रान्ड इनोभेसन अवार्ड विजेताहरू चाइना कन्सेप्ट वेस्टवाटर ट्रीटमेन्ट प्लान्ट र...