विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आह्वान
काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।
बैठक बिहान सवा ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
सो बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।
