समाचार
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई बुधबार पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमाहानगरपालिका–४ बस्ने २८ वर्षीय रवि चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ७...
विपद्को घटनामा परी १७४ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी १ सय ७४ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि बुधबार दिउँसोसम्म बाढी, पहिरो लगायतका विपद्को घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तीमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा विपद्को घटनामा परेर...
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो । जसअनुसार बिहान ११ बजे राज्य...
आज भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन...
माओवादी केन्द्र स्थायी कमिटी बैठक ११ बजे बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको जनाइएको छ । माओवादी स्थायी कमिटी बैठक गत...
कैलाश हत्या प्रकरणः पक्राउ परेकामाथि अनुसन्धान गर्न १० दिनको म्याद थप
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका पुरुषमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका कैलाश गाउँपालिका वडा नम्वर ५, कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएको थियो...
संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाबाट संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको बहुमत सदस्यबाट बुधबार पारित भएको हो । बुधबार प्रतिनिधिसभामा निर्णयार्थ पेश हुँदा...
मकवानपुरका ६४ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा जिल्लाका ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ६४ पुगेको हो । उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन ३० गते बुधबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार,...
राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय भेला हुनुअघि सातै प्रदेशहरुमा पनि भेला हुनेछ । राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले...
मानव अधिकार उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउँछौँ: प्रचण्ड
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका क्रममा घटेका घटनाका दोषी सबैलाई एकमुष्टमा आममाफी नदिने बताएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित हुनुअघि सदनमा बोल्दै माओवादीको सशस्त्र युद्धका कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले गम्भीर मानवअधिकारका उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने बताए...










