संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित

तु खबर संवाददाता
२०८१ श्रावण ३०, बुधबार १८:१०
file-photo

काठमाडौँ । प्रतिनिधिसभाबाट संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको बहुमत सदस्यबाट बुधबार पारित भएको हो ।

बुधबार प्रतिनिधिसभामा निर्णयार्थ पेश हुँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबाहेक अरु सांसदले विधेयक पारितको पक्षमा मत दिए ।

अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको लक्ष्य छ ।