मानव अधिकार उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउँछौँ: प्रचण्ड

तु खबर संवाददाता
२०८१ श्रावण ३०, बुधबार १४:४५
पुरानो तस्बिर : तु खबर डटकम

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका क्रममा घटेका घटनाका दोषी सबैलाई एकमुष्टमा आममाफी नदिने बताएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित हुनुअघि सदनमा बोल्दै माओवादीको सशस्त्र युद्धका कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले गम्भीर मानवअधिकारका उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

उनले भने, गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई आममाफी दिँदैनौँ बरु कारबाहीको प्रक्रियामा जान्छौँ ।