समाचार
डोटीमा आज बिहानै यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४, समूहगाडमा आज बिहानै यात्रुबाहक बस दुर्घटना भएको छ । धनगढीबाट दिपायलतर्फको लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । दुर्घटनामा घाइते...
आज यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षा हुने जनाएको छ । महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । यस्तै, महाशाखाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट...
थाहा नगरमा सेयर अभिमुखीकरण तालिम हुने
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा सेयर अभिमुखीकरण तालिम हुने भएको छ । लियो क्लब अफ पिस थाहा नगरले १ दिने सेयर अभिमुखीकरण तालिमको आयोजना गर्न लागेको हो । क्लबले आगामी भदौ २२ गते शनिबार उक्त तालिमको आयोजना गर्न लागेको क्लबका सचिव अजय कार्कीले जानकारी दिए । सचिव...
एकीकृत समाजवादी हेटौंडाले सबै वडामा कमिटी गठन गर्ने
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडाले सबै वडामा कमिटी गठन र पुर्नगठन गर्ने निर्णय गरेको छ । बिहीबार हेटौंडा–४, सितलमहल चोकस्थित पार्टी कार्यालयमा बसेको नेकपा एकीकृत समाजवादी हेटौंडाको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले १९ वटै वडाका एक–एक जनालाई समेटेर १९ सदस्यीय सचिवालय निर्माण गर्ने,...
हेटौंडाका सुबेदीको स्वरमा ‘छक्कापञ्जा ५’ को पहिलो गीत
मकवानपुर । हेटौंडाका सविन सुबेदीको स्वरमा फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्म ‘छक्कापञ्जा ५’ को ‘बिहे भाको छैन’ बोलको गीत आइतबार ओएसआर युट्यव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा सुबेदीसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी...
बागमतीका खेलाडीले पदक जितेको २ वर्षपछि पुरस्कार पाउँदै
मकवानपुर । ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीहरुले प्रोत्साहन स्वरुप पुरस्कार प्राप्त गर्ने भएका छन् । उनीहरुलाई प्रदेश सरकारले नगदसहित पुरस्कार प्रदान गर्न तयारी तीब्र पारेको छ । २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न भएको उक्त प्रतियोगितामा विभिन्न पदक जितेका...
मकवानपुरमा थप १५ जनामा डेंगु पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ४, मनहरी गाउँपालिकाका ९, भीमफेदी गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनामा डेंगु पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमा ३४ जना...
हेटौंडामा बालश्रम र बालश्रम नीति सम्बन्धि संवाद कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बालश्रम र बालश्रम नीति सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार नागरिक मञ्चको सहकार्यमा बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम नागरिक संस्थाहरुको साझा मञ्च, दिगो विकास लक्ष्य ८ दशमलव ७ का लागि नागरिक मञ्च...
अरिंगालले टोकेर मकवानपुरका गोलेको मृत्यु
मकवानपुर । मकवानपुरमा अरिंगालले टोकेर एक एक जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–४ मा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय छापडाँडामा ३२ वर्षिय सुमन गोले रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, बुधबार साँझ घरदेखी १ किलोमिटर...
नेप्से ४३ अंकले बढ्यो, कारोबार रकम हालसम्मकै उच्च
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३००० दशमलव ८१ अंकमा कायम भएको छ । यस्तै, आज कारोबार पनि हालसम्मकै उच्च रहेको छ । आज सेयर बजारमा २९ अर्ब ९५ करोड...










