राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय भेला हुनुअघि सातै प्रदेशहरुमा पनि भेला हुनेछ ।
राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । उक्त प्रतिवेदनमाथि छलफल हुनेछ ।
साथै विधान संशोधन प्रस्ताव, ६ वटा विषयमा ‘क्लोज क्याम्प’ मा भएका छलफलका विषयमा पनि राष्ट्रिय भेलामा थप छलफल हुनेछ।
