अरुण नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

तु खबर संवाददाता
२०८१ श्रावण ३०, बुधबार ०९:३९

सङ्खुवासभा । अरुण नदीमा जलसतह बढेको छ । रातभरिको वर्षाले अरुण नदीको जलसतह बढेको हो ।

अरुण नदीको जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ ।

साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न भनिएको छ ।