मकवानपुरमा बन्चरोले हानेर युवतीको हत्या

तु खबर संवाददाता
२०८१ श्रावण २९, मंगलवार १०:२६

मकवानपुर । मकवानपुरमा बन्चरोले हानेर एक युवतीको हत्या भएको छ ।

जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ५, काफलडाँडामा स्थानीय १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो हानेर हत्या भएको हो ।

लक्ष्मीको उनकै श्रीमान् २८ वर्षीय मंगलबहादुर पाख्रिनले बन्चरो प्रहार गरी हत्या गरेको जनाइएको छ ।

घटना थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिई पालुङ प्रहरीको जिम्मा लगाइएको छ ।

घटनाबारे सोधपुछ गर्दा मकवानपुरका प्रहरी निरीक्षक एवम् निमित्त प्रवक्ता ओम पण्डितले हाल आफुहरु घटनास्थलतर्फ जाँदै गरेको र केही समयपछि मात्रै विस्तृत जानकारी आउने तु खबरलाई बताए ।

मंगलबहादुर र लक्ष्मीको १३ महिनाकी छोरी रहेको बुझिइएको छ ।