२ बजेको लागि सर्यो माओवादी स्थायी समिति बैठक

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १२:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।

बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी सरेको हो ।

नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय सरेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

माओवादी स्थायी समिति बैठक शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।