कांग्रेस बैठक सोमबार पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा साउन २३ गतेदेखि सुरु भएको बैठक भोलि पनि जारी रहने भएको हो ।
बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।
उनका अनुसार, सोमबारको बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः सुरु हुनेछ ।
उक्त बैठकमा पनि शिर्ष नेताहरुले धारणा राख्ने जनाइएको छ ।
