कुलमानको समर्थनमा युवाहरुद्वारा र्याली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा युवाहरुले र्याली निकालेको छ ।
कार्यकारी प्रमुख घिसिङ र नेपाल सरकारबीच देखिएको द्वन्द्व सडकसम्म पुगेको हो ।
युवाहरुले घिसिङको समर्थनमा माइतिघरदेखि बानेश्वरसम्म र्याली निकालेका हुन् ।
ठुला उद्योगहरुले विद्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले सचेत गराएका छन् ।
