हेटौंडाबाट काठमाडौंर्तफ जाँदै गरेको ट्रकबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २६, शनिबार १५:११

काठमाडौं । प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै ट्रकबाट अवैध लागूऔषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४५ वर्षीय गिता प्रसाद ढुङ्गानालाई शुक्रबार बिहान पक्राउ गरेकोे हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध गाँजा ३ किलो २ सय ५० ग्रामसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १६१९ नम्बरको ट्रकलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा रोकी चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।