भारतसँग हुने फाइनल खेल हेर्न जाने प्रधानमन्त्रीको कार्यक्रम स्थगित
काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम स्थगित भएको छ ।
उपाधिको लागि नेपालले भारतसँग खेल्न लागेको खेल जाने भनिएपनि उक्त कार्यक्रम स्थगित गर्नुपरेको प्रधानमन्त्री कार्यालय जनाएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार, नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो ।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भइरहेको छ । नेपाल इरानसँग लिग चरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो । यस्तै, भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
