समाचार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन् । आज साँझ ५ बजे बस्ने गरी बोलाइएको बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्ने कार्यसूची...
मंगलबार नेपाली बजारमा सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ । आज सुन प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउँ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख...
बागमती विश्वविद्यालयः पुरानो विधान खारेज, नयाँ जारी
हेटौंडा । बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि बनाएको बागमती विश्वविद्यालय विधान कार्यान्वयनमा नआउँदै खारेज गरिएको छ । विश्वविद्यालय स्थापनाको तयारीमा लागेको प्रदेश सरकारले यसअघि बनाएको विश्वविद्यालय विधान पूर्ण रूपमा कार्यान्वयन नहुँदै खारेज गरी नयाँ विधान जारी गरेको हो । मुलुक संघीय संरचनामा गएसँगै प्रदेशले विश्वविद्यालय स्थापना गर्न पाउने...
प्रधानमन्त्री ओलीले गरे घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ब्रेक थ्रु गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका–१२, धेद्रेमा आयोजित एक कार्यक्रमबीच घट्टेपाखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले मुलुकमा अब विकास निर्माणको गति नरोकिने भन्दै...
बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । प्रहरीले पाँचथर घर भएर भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ परेका उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।...
मौसम खराबका कारण हवाई उडानमा समस्या
काठमाडौं । अविरल वर्षाका कारण हवाई उडानमा समस्या आएको छ । आज बिहानदेखि आएको अविरल वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलले जानकारी दिए । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार, बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या भएको हो ।...
आज चार वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगतका चार वटा संसदीय समितिका बैठक आज बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन, कानुन, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्ने भएको हो । जसअनुसार, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे...
आज भारी वर्षा हुने, मनसुन बुधबारसम्म सक्रिय रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरुमा भारी वर्षा हुने जनाएको छ । महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । आज प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने...
डेंगु संक्रमणका कारण एक जनाको मृत्यु
काठमाडौं । डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) ले डंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको जनाएको छ । उक्त शाखाका अनुसार, यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक...
हेटौंडा सिटी कलेजका कानून संकायका विद्यार्थीले हासिल गरे उत्कृष्ट नतिजा
मकवानपुर । हेटौंडा–५ पिप्लेस्थित हेटौंडा सिटी कलेजका कानून संकायका विद्यार्थीहरुले उल्लेखनीय सफलता हासिल गरेका छन् । कलेजकी विद्यार्थी मधुमित्ता यादवले ३.६६ जिपिए प्राप्त गरी जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छिन् । कलेजले शतप्रतिशत उत्तीर्ण दर हासिल गरेको खुशीयालीमा सोमबार हेटौंडा बजार परिक्रमा गरेको छ । प्रभातफेरीले शहरका प्रमुख चोकहरू परिक्रमा...










