आज चार वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगतका चार वटा संसदीय समितिका बैठक आज बस्ने भएको छ ।
आज राज्य व्यवस्था तथा सुशासन, कानुन, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्ने भएको हो ।
जसअनुसार, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठक समितिको सभा कक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठक सिंहदरबारमा बस्ने जनाइएको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । दुबै बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी आह्वान गरिएको हो ।
