डेंगु संक्रमणका कारण एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार ०९:११
सांकेतिक तस्वीर

काठमाडौं । डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) ले डंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको जनाएको छ ।

उक्त शाखाका अनुसार, यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

देशभरको ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । चार जिल्ला भने डेंगुबाट सुरक्षित छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।