चार वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । संघीय संसद् अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक आह्वान गरेको छ ।
आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो ।
संघीय संसद् सचिवालयका अनुसार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे बस्नेछ । सो बैठक सिंहदरबारमा बस्नेछ ।
त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे र पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
बैठक सबै समितिको बैठक सिंहदरबारस्थित आ–आफ्नो कार्यकक्षमा बस्नेछ ।
