बोलेरो जिप दुर्घटनामा परेर १४ जना घाइते

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार १६:३८

जाजरकोट । जाजरकोटमा भएको बोलेरो जिप दुर्घटनामा परेर ४ जना घाइते भएका छन् ।

जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप मंगलबार दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

दुर्घटनामा परेर घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीले उक्त दुर्घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।