रास्वपाले आगामी असोजमा राष्ट्रिय भेला गर्ने

तु खबर संवाददाता
२०८१ श्रावण २०, आईतवार ०९:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । सो पार्टीले आगामी असोजमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो ।

यस्तै, पार्टीको महाधिवेशन आगामी बैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको उनले बताए । विधन संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गरिने उनको भनाई छ ।