सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

तु खबर संवाददाता
२०८१ श्रावण १९, शनिबार ०९:१८

मकवानपुर । काठमाडौं–सिस्नेरी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा आज विहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

काठमाडौंबाट बिरगन्जतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्वरको सुमो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरु घाइते भएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए ।

प्रहरी निरीक्षक पण्डितका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था मध्यम रहेको छ ।

उनीहरुलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरी निरीक्षक पण्डितले बताए ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।