ट्रकको ठक्करबाट पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण १९, शनिबार १०:२७
सांकेतिक तस्वीर

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपलिका–६, पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–१४ घर भई इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।