प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पायो पूर्णता

तु खबर संवाददाता
२०८१ श्रावण १८,शुक्रबार १६:२७
file-photo

काठमाडौं । प्रधानम्नत्री केपी शर्मा ओली नेतृत्वले सरकारले पूर्णता पाएको छ । गत असार ३१ गते गठित ओलीको नेतृत्वको सरकारले शुक्रबार पूर्णता पाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन जना राज्यमन्त्रीमा नियुक्त गरेसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वातावरण र तामाङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

राज्यमन्त्रीमा नियुक्त तामाङ र विक कांग्रेसका हुन् भने चौधरी नागरिक उन्मुक्ति पार्टीका हुन् ।