एमाले केन्द्रीय सदस्यमा १७ जना मनोनीत

तु खबर संवाददाता
२०८१ श्रावण १७, बिहीबार १७:३१
file-photo

काठमाडौं । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

यी हुन् मनोनीत हुने सदस्यहरुः
१, सुवास कर्माचार्य (सिन्धुपाल्चोक)
२, कुन्दन कुशवाह (रौतहट)
३, जितेन्द्र देव (सुनसरी)
४, रामपृत राम (सिरहा)
५, कृष्णभक्त पोखरेल (चितवन)
६, कमलकृष्ण तिमिल्सिना (अछाम)
७, गोविन्द पुन (सल्यान)
८, केदार सिग्देल (तनहुँ)
९, मनमोहन पौडेल (पर्वत)
१०, भरदेव जोशी (दार्चुला)
११, हरि उप्रेती (सर्लाही)
१२, इन्द्र भण्डारी (झापा)
१३, महेश बर्तौला (मकवानपुर)
१४, सरिता भुसाल (किसान महासंघ)
१५, प्रभा बराल (कास्की)
१६, मञ्जु शर्मा चालिसे (बागलुङ)
१७, आशा जवेगु (पाँचथर) रहेका छन् ।