जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अर्घाखाँची र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले अर्घाखाँचीको १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ पक्राउ गरेको छ ।
कुँवरले ती किशोरीलाई सोही नगरपालिका–६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस्तै
, झापाको १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१५ बस्ने २० वर्षीय संजय राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
राजवंशीले ती बालिकालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।