हेटौंडामा भेस्पा–अप्रिलाको नयाँ शोरुम संचालन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० रुद्रपथस्थित मार्गमका डेल्टा अटोकप प्रालिले नयाँ शोरुम संचालनमा ल्याएको छ । अटोकप प्रालिले बिहीबारबाट नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालनमा ल्याएको हो ।
हेटौंडा क्षेत्रमा बढ्दै गएको भेस्पा–अप्रिला स्कुटरको माग र देशभर सेल्स सर्भिस र स्पेयर्स पार्टस उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको उक्त कम्पनीले जनाएको छ ।
उक्त शोरुमको हेटौंडा उपमहानगरपालिकी मेयर मिना कुमारी लामा र जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो क्रममा बोल्दै नगर प्रमुख लामाले नयाँ शोरुमले हेटौंडामा भेस्पा र अप्रिला जस्ता विश्व प्रसिद्ध गुणस्तरीय स्कुटरको सुलभ पहुच प्रदान गर्ने र हेटौंडामा रोजगारीको सृजना गरी आर्थिक समृद्धिमा योगदान पुयाउनेमा आफु विश्वस्त रहेको बताइन् ।
जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले अफरअन्तर्गत् यो हप्ता शोरुमबाट ग्राहक एवम् उपभोक्ताहरुले भेस्पार अप्रिला खरिद तथा एक्सेन्च गर्दा १० हजार रुपौयाँ छुट हुने बताइन् ।
साथै उनले भेस्पा–अप्रिला ब्रान्डेड हेलमेट र किरिङ प्राप्त गर्न सकिने उनको भनाई छ ।
शोरुममा २ लाख ८८ हजार ९ सयदेखि सुरु भएर ४ लाख ६५ हजार ४ सय सम्मको मूल्यका विभिन्न मोडलहरु बिक्रीमा राखिएको छ ।