काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालसँग श्रीलंका पराजित
काठमाडौँ । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा श्रीलंका पराजित भएको छ । नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले श्रीलंकालाई २५–१९, २५– १८ धर २५–१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४–२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन ।
पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही कमजोरी गर्न पुग्यो । तर, श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जितेको हो ।
तेस्रो सेटमा ७–३ ले पछि परेको नेपालले टाइम आउट लियो । त्यसपछि पनि नेपाल १५–१५ को स्थितिमा आएर कमब्याक ग¥यो । त्यसपछि भने नेपालले अग्रता बनाउँदै जित हात पारेको हो ।