हेटौंडामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा यही साउन २४ गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदैछ ।
प्रतियोगिता हेटौंडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुन लागेको हो ।
कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी उक्त वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको सहकारीको व्यवस्थापक बद्रीप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार, उक्त प्रतियोगिता साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा हुन लागेको हो । प्रतियोगिताको शिर्षक आर्थिक समृद्धिमा सहकारीको भूमिका विषयक रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि नाम दर्ता गराउने अन्तिम मिति साउन २२ गतेसम्म रहेको आयोजकले जनाएको छ ।