काठमाडौंको बौद्धमा मोटरसाइकल दुर्घटना, मगरको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण १६, बुधबार १६:२१

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार राति बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको उपचारको क्रममा स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।