३५.५५ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८१ श्रावण १५,मंगलवार १५:५३

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ३५ दशमलव ५५ अंकले बढेको छ ।

सोमबार २० अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने ३५ दशमलव ५५४ अंकले बढेको हो ।

यसअघि नेप्से परिसूचक २६९६ दशमलव ६५ विन्दुमा उक्लिएको हो ।

यस्तै, आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच भएको छ भने १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।