एमालेले सचिवायलय बैठक बोलायो

तु खबर संवाददाता
२०८१ श्रावण १४, सोमबार १०:०२
file-photo

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।

यही साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार, उक्त बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।