पाँच वटा संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ श्रावण ११, शुक्रबार ०९:१८
file-photo

काठमाडौं । आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ ।

जसअनुसार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

त्यस्तै, बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक र बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ ।

यसैगरी, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र बिहान ११ बजे सार्वजनिक लेखा समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ ।