राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

सुदिप पराजुली
राष्ट्रसंघको महत्वपूर्ण निकाय संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।
कूल ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन् । यसपछि आउँदो वर्ष एसिया प्रशान्त क्षेत्रको अध्यक्ष नेपाल हुनेछ ।
परिषद्को अध्यक्षमा भने क्यानडा निर्वाचित भएको छ । भविश्यमा भने अफ्रिकी देशहरुबाट उपाध्यक्ष चयन गरिनेछ । परिषद्को कार्यादेश अनुसार दिगो विकास लक्ष्यका निम्ति आगामी दिनमा सबै सदस्य राष्ट्रसंग निकट रहेर काम गर्ने राजदुत थापाले बताए । थापाले आगामी दिनमा नेपालले सबै सदस्य राष्ट्रका बीच सुमधुर सम्बन्ध निर्माण गर्दै परिषद्द्वारा निर्धारित लक्ष्य हाँसिल गरिने बताए ।
अघिल्लो वर्षको जुनमा एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४–२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो ।